झापा, फागुन ५ । श्रीमान् परस्त्रीसंग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् ।

गएराति ८.३० बजेको समयमा बुद्धशान्ति गोपालडाँडा घलेगाउँ बस्ने राजन वि.क.की श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया बर्षा बि.क.लाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैले आगो लगाएकी थिइन् । स्थानीयले देखेर आगो निभाएका थिए । राति ९.२० बजे ईलाका प्रहरी कार्यालय वुधबारेमा जानकारी गराउनासाथ तत्काल ईप्रका बुधबारेबाट टोली खटिगई दुवै घाईतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भईरहेको छ ।

माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अबस्था गम्भीर रहेको छ भने बोल्न नसक्ने छोरी बर्षा बि.क.को शरीरको बिभिन्न भागमा जलेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घट्नास्थलनजिकै सुसाईड नोट फेला परेको छ । उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्वन्धमा रहेको कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको छ ।

श्रीमान् राजन वि.क. हिजो विहानैदेखि ज्यामी काममा गई घर फर्कि आउने क्रममा उनलाई वुधवारे बजारबाट नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए । अहिले घरमा राजन वि.क.की ८१ वर्षीया आमा सुन्तली माया खाती मात्र रहेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्