झापा , फागुन ६ । नेत्र सहायक झापाको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् ।

झापामा रहेका विभिन्न आँखा अस्पतालहरुमा कार्यरत नेत्र सहायकहरुको भेलाले दाहालको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा किशोर रिजाल, सचिव अशोक तिवारी र कोषाध्यक्षमा सञ्जु अर्याल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा योगेन्द्र राउत, होम धिताल, निशा संग्रौला, रोमा फियाक,क्रिस्टिना सुब्बा, निरज दाहाल र सरु थापा चयन भएका छन् । त्यस्तै सल्लाहकार समितिको संयोजकमा मनोज उपाध्याय चयन भएका छन् ।
भेलामा मेची आँखा अस्पतालसहित बिर्तामोड आँखा अस्पताल, दृष्टि आँखा अस्पताल, बिर्ता आई केयर, मेची नेत्रालय, दिब्यज्योति आँखा अस्पताल, काँकरभिट्टा आई केयर, बिर्ताज्योति आई केयरका नेत्र सहायकहरु सहभागी थिए । मेमलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रम कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको थियो ।

कविता कार्की कडरियाले स्वागत गरेको कार्यक्रममा प्रमुख आतिथि भण्डारीसहित विनोद दाहाल, भवानी पाठक, मनोज उपाध्यायलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मेची आँखा अस्पतालका नेत्र सहायक पदमा कार्यरत बोहोरा सो अस्पतालको स्वास्थ्य शिक्षा अधिकृत हुन् । हिमाल आँखा अस्पताल पोखरामा अध्ययन गरेका बोहोरा हाल भारतको मेघालयस्थित महात्मा गान्धी युनिभर्सिटीबाट पीएचडी गर्दैछन् । उनले आँखा स्वास्थ्य सम्वन्धी अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्