झापा,फागुन १५ । झापाको कन्काई ३ मा एक बृद्धले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान ६ः३० बजेको समयमा कन्काई ३ बस्ने ८० वर्षीय बालकृष्ण मैनालीले झुन्डिएर आत्महत्या गरेका हुन् । आफ्नै घरको कम्पाउण्ड वालको अगाडीपट्टी दाहिने साईडको पिल्लरको रडमा प्लाष्टिकको डोरीको पासो लगाई झुन्डिएर मृत अबस्थामा उनी फेला परेका थिए । उनकी श्रीमती राममाया मैनालीले देखेर ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनासाथ प्रहरी टोली खटिगई घटनास्थल सुरक्षित राखिएको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । बृद्धबृद्धाहरुले आत्महत्या गर्नुपर्ने कारणबारे अनुसन्धान गरिनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्