बिर्तामोड,फागुन १६ । मुख्य सहप्रायोजक रहेको अन्तर्राष्ट्रिय झापाली समाजले झापा गोल्डकपलाई सात लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार गोल्डकपको सचिवालयमा आयोजित संक्षिप्त समारोहका बीच समाजले सात लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको हो ।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना र महासचिव नवीन पोखरेलले गोल्डकपका अध्यक्ष बिनोद बस्नेत र महासचिव गजेन्द्रबहादुर पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गोल्डकपका अध्यक्ष बस्नेतले खेलकुदका लागि गरेको सहयोग महत्वपूर्ण भएको भन्दै अन्तर्राष्ट्रिय झापाली समाजलाई धन्यवाद दिएका थिए ।

गोल्डकपका महासचिव पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्