दमक, फागुन १७ ।  झापाको दमकमा आफ्नै छोराले बन्चरो प्रहार गरी बाबुलाई सख्त घाइते बनाएका छन् । 

आज साँझ ७ः२५ बजेको समयमा दमक ९ बस्ने ६१ वर्षीय सुरेन्द्र ढकाललाई उनका छोरा ३१ वर्षीय कुशल ढकालले बन्चरो प्रहार गरी घाइते बनाएका हुन् ।

खाना खाने बेलामा सामान्य वादविवादको कारण सानो हाते बन्चरोले प्रहार गर्दा सुरेन्द्रको निधार, दाहिने खुट्टाको नलीमा चोट लागेको छ । घाइतेको निम्स अस्पताल दमकमा उपचार भईरहेको छ । उनको अबस्था मध्यम रहेको छ । बन्चरो प्रहार गर्ने छोरा फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्