झापा,फागुन २१ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तनका साथै नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सोमबार नै सरकार परिवर्तन हुने र नयाँ मन्त्रिपरिषद् बन्ने दाबी गरेका हुन्।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै’, उनले लेखेका छन्, ‘सानो मन्त्रिमण्डलले आज सपथ लिनेछ।’
कांग्रेससँगको गठबन्धन भत्काएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपासहितको सरकार बन्ने चर्चा चलिरहेका वेला पाण्डेले सामाजिक सञ्जालमार्फत् यसको पुष्टि गरेका हुन्। यीबाहेक अन्य दललाई पनि मिलाएर लैजाने प्रयास भइरहेको स्रोतले बताएको छ।

राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी र मन्त्री परिवर्तनका विषयमा माओवादी केन्द्र र कांग्रेसबीच विवाद देखिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्