झापा,फागुन २२ । बिर्तामोड नगर खेलकुद महोत्सवमा छनोट चरणका खेलहरु सम्पन्न भएका छन् ।

नगर खेलकुद विकास समितिको आयोजनामा माघ २६ गतेदेखि सुरु भएको प्रतियोगिताको छनोट चरण सम्पन्न भएको हो ।दौड, निवन्ध लेखन, वादविवाद, चित्रकला, हाजिरी जवाफ, पोस्टर डिजाइन प्रतियोगिताको छनोट चरण सकिएको महोत्सवका सह–संयोजक विशाल अग्रवालले जानकारी दिए ।

विधागतरुपमा दौडमा ६३ जना, निवन्ध लेखनमा ८ जना, वादविवाद प्रतियोगितामा ८ जना, चित्रकलामा १५ जना, हाजिरीजवाफमा ७ जना छनोट भएका छन् । यस्तै पोस्टर डिजाइन र चित्रकलामा १६ जना छनोट भएको जनाइएको छ ।
प्रतियोगितामा विर्तामोड नगरपालिका क्षेत्रका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ८ देखि १२सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । त्यसैगरी महोत्सवअन्तर्गत शिक्षकहरुको मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । जसमा एमएटी स्कुल, एभरेष्ट स्कुल, विराट ज्योति स्कुल र न्यूटन्स स्कुलको सहभागिता रहेको थियो । यसमा न्यूटन्स विजेता र एमएटी उपविजेता बनेको छ ।

हाजिरी जवाफ प्रतियोगितामा ४ वटा स्कुल कञ्चनजंघा, मोहनमाया र सरस्वती एन्जल्स र नवोदय शिक्षा सदन अन्तिम चरण पुग्न सफल भएका छन् । सम्पूर्ण विद्याका प्रतियोगितामा ६ वटा स्कुल सर्वोत्कृष्ट भएका छन् । जसमा देवी मावि, नवोदय शिक्षा सदन, विराट ज्योति अंग्रजी मावि, न्यूटन्स एजुकेशन एकाडेमी, निधि मावि र एसियन्ट एकाडेमी रहेका छन् ।
पोस्टर मेकिङतर्फ कक्षा २,३ र ४को विधाबाट एसियन्ट एकाडेमी, न्यूटन्स एजुकेशन एकाडेमी, नवोदय शिक्षा सदन उत्कृष्ट भएका छन् । यस्तै ५,६ र ७ कक्षातर्फ न्यूटन्स, निधि र नवोदय उत्कृष्ट बनेका छन् । यसैगरी कक्षा ८,९ र १० को विधाबाट विराट ज्योति, लिवर्टी र नवोदय उत्कृष्ट बनेका छन् ।

यस्तै चित्रकलातर्फ कक्षा २,३ र ४ बाट नवोदय, एसियन्ट र एभरेष्ट उत्कृष्ट भएका छन् । कक्षा ५,६ र ७ बाट न्यूटन्स, नवोदय र एसियन्ट उत्कृष्ट बने । यस्तै ८,९ र १० बाट नवोदय, निधि र न्यूटन्स उत्कृष्ट बने ।यसैगरी नगर खेलकूद विकास समितिले डिजिटल स्पोर्टस क्विजको समेत आयोजना गरेको थियो । यसको विजेताहरुमा अनिश श्रेष्ठ, पवन खरेल, सुनिता बुढाथोकी,संजोग वन, दौलत ढकाल, आयुस अधिकारी, निश्चल आचार्य, अश्विन प्रसाई,संयोग वन, निशान खत्री रहेका छन् । प्रतियोगिताको फाइनल फागुन २३ गते वीर अमरसिंह माविमा हुने आयोजकले जनाएको छ ।

छनोट खेलहरु हाजिरी जवाफको न्यूटन्स स्कुल, पोष्टर र ड्रोइङको नवोदयमा, वादविवाद र निवन्ध लेखनको निधिमा, रनिङको समूह चरण एभरेष्ट स्कुल र फाइनल महेन्द्र ज्योतिमा भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्