झापा,फागुन २२ । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका–४ निवासी ५५ वर्षीय शम्भु कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार साँझ ६ बजेको समयमा झापा गाउँपालिका–४ मंगलवारेस्थित हुलाकी राजमार्गमा शरणामतिबाट कुमारखोदतर्फ जाँदै गरेको मे ३ प ५९२१ नम्बरको मोटरसाइकलले पैदल यात्री कार्कीलाई ठक्कर दिएको थियो ।

घाइते कार्कीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । यता इलाका प्रहरी कार्यालय कुमरखोदले मोटरसाइकल र चालक झापा– १ निवासी ४५ वर्षीय पदमबहादुर राजवंशीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्