झापा,फागुन २२ । जंगलबाट निस्किएर गाउँ पसेको दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ । झापा हल्दीबारी गाउँपालिका– ४ स्थित पाथीभरा सामुदायिक वनबाट मंगलबार बिहान साढे ८ बजे निस्किएको चित्तललाई कुकुरले लखेटेपछि ज्यान जोगाउन गाउँ पसेको थियो । स्थानीयको भान्सा घरमा पसेको चित्तललाई प्रहरी चौकी जलथल र डिभिजन वन कार्यालय झापाबाट आएको टोलीले जिवितै सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । उद्धार गरिएको चित्तललाई वन कार्यालय लगिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्