झापा, फागुन २२ । मेटा कम्पनीको सोसल मिडिया साइटहरूमा समस्या देखिएको छ।

नेपालमा मंगलबार राति ९ बजेपछि मेटाका साइटहरू ‘डाउन’ हुँदा फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र थ्रेडजस्ता एपहरुमा समस्या देखिएको हो।

प्रयोगकर्ताहरुको आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका छैनन्। मोबाइलमा, फेसबुक प्रयोगकर्ताहरूलाई ‘सेसन एक्सपायर’ को समस्या देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न देशहरूमा यो समस्या देखिएको जनाएका छन्। समस्याबारे मेटाले आधिकारिक रुपमा जानकारी दिएको छैन।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्