
झापा,फागुन २४ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २५ हजार कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार ५०० ले वृद्धि भई प्रतितोला एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ३० ले वृद्धि भई प्रतितोला एक हजार ४७० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।