बिर्तामोड ,फागुन २८ । मार्च ११ अर्थात अन्तर्राष्ट्रिय प्लम्बर दिवसका अवसरमा जयमाता टेडर्स र पन्चकन्या ग्रुपले बिर्तामोडका प्लम्बरहरुलाई सम्मान गर्दै अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

प्लम्बरहरुलाई उनीहरुकै विशेष दिनस्वरुप प्लम्बर दिवस मनाईएको हो । कार्यक्रममा प्लम्बर हक हितको निम्ति देशैभरि पाईप तथा फिटिङ्स उत्पादक कम्पनीहरुले प्लम्बरहरुको निम्ति अक्षयकोष स्थापना गर्नु पर्ने आवाज उठेको छ । प्लम्बरहरु कुनै बिकाउ वस्तु नभएको तथा विभिन्न उत्पादक कम्पनी र उपभोक्ताहरुबिच पुलको काम प्लम्बरहरुले गरेको ज्येष्ठ प्लम्बर महेश खनालले बताए । कार्यक्रममा जय माता ट्रेडर्सका रमेश नेपालले अबको एक बर्षभित्रमा बिर्तामोडमा प्लम्बर हक हितको निम्ति प्लम्बर अक्षयकोष स्थापना गर्ने घोषणा गर्दै उक्त कार्य गर्नका लागि सम्पूर्ण प्लम्बरहरुलाई सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा पन्चकन्या ग्रुप बिर्तामोड डिपो प्रमुख मोहन थापाले पन्चकन्या ग्रुप प्लम्बरहरुको सबै मागप्रति सकारात्मक रहेको र आगामी बर्षहरुमा यो दिवसलाई अझ भब्य रुपमा मनाउने घोषणा गरेका छन् । कार्यक्रम ज्येष्ठ प्लम्बर सदस्य महेश खनालको सभापतित्वमा भएको थियो भने कार्यक्रमको सञ्चालन रमेश नेपालले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्