बिर्तामोड, फागुन २९ । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा राधाकृष्ण खतिवडा आउने भएका छन् ।

हाल मालपोत तथा भूमिसुधार कार्यालय इलामको प्रमुख रहेका खतिवडाले यही चैत १ गतेदेखि हाजिर भएर बिर्तामोड नगरपालिकाको कर्मचारी संयन्त्र सम्हाल्ने भएका हुन् । भद्रपुर १० लेखनाथ चौक निवासी खतिवडासंग स्थानीय निकाय, शिक्षा , स्वास्थ्य, भौतिक पूर्वाधार ,सहकारी ,उद्योग ,भूमिसुधारलगायतका क्षेत्रमा काम गरेको लामो अनुभव छ ।

उनले साढे तीन वर्ष घरेलु तथा साना उद्योग कार्यालय झापाको कार्यालय प्रमुख भएर जिम्मेवारी निर्वाह गरेका थिए भने अर्जुनधारा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पनि भएका थिए । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आउँदा सबैको साथ सहयोग पाउने उनले विश्वास लिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्