झापा,फागुन २९ । लायन्स क्लब अफ बिर्तामोड लेडीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर बिर्तामोड ६ स्यालडाँगीमा सम्पन्न भएको छ ।

लायन्स क्लब अफ बिर्तामोड लेडीका अध्यक्ष निरु उप्रेती ओलीको जन्मदिनको अवसर पारेर आयोजित स्वास्थ्य शिविरमा २७२ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए । सुगम शान्ति महिला विकास संस्थाको व्यवस्थापन तथा ठाकुर पोलिक्लिनिकको प्राविधिक सहयोग रहेको शिविरमा सुगर , प्रेसर, गाइनो , फिजिसियनलगायत गरी पाँचजना चिकित्सकले सेवा दिएका थिए ।

बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेको कार्यक्रममा लायन्स क्लब ३२५ सी का क्याबिनेट सेक्रेटरी लिला चिमरिया, बिर्तामोड ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुवास भट्टराई , लायन्स क्लबका डिस्ट्रिक्ट चिफ निरज ओलीलगायतको उपस्थिति रहेको थियो । चार दिनअघि मात्र लायन्स क्लव अफ बिर्तामोड लेडीले झापा कारागारका महिला कैदीबन्दीलाई एक सय थान लत्ताकपडा वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्