झापा,चैत २ । अफ्रिकाबाट भूमध्यसागर पार गरेर युरोप गइरहेको रबरको डुङ्गाको इन्जिन फेल भएपछि भोक र तिर्खाको कारण ६० जना आप्रवासीको मृत्यु भएको छ।

उक्त डुङ्गामा सवार २५ जनाको भने सकुशल उद्धार गरिएको छ। मानवीय सहायता पु¥याउने संस्था ’एसओएस मेडिटेरेनियन’को जहाजले उनीहरुलाई बचाएको हो।

उक्त घटनामा बचेका मानिसहरुले बताए अनुसार उनीहरु लिबियाको उत्तरी किनारामा अवस्थित जाबियाबाट अघिल्लो शुक्रबार निस्किएका थिए।

तर तीन दिन यात्रा गरेपछि डुङ्गाको इन्जिन फेल भयो। त्यसपछि डुङ्गा नियन्त्रणमा रहेन। डुङ्गामा भएको खाना र पानी सकिइसकेको थियो। मृत्यु हुनेहरुमा महिलाहरु र एक बच्चा पनि रहेको उनीहरुले जनाएका छन्।

उनीहरु भोक र प्यासकै कारण मृत्यु भएको उद्धारमा संलग्नले बताएका छन्। एसओएस मेडिटेरेनियले उनीहरुको जहाजले उक्त डुङ्गालाई दुरविनको सहायताले बुधबार देखेका र इटालीको कोस्ट गार्ड्सको सहयोगमा उद्धार गरिएको बताए। उद्धार गरिएका मानिसको उपचार भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्