झापा , चैत ५ । सवारी ज्यान र लागूऔषधका दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा शिवसताक्षी नगरपालिका वडा नं.७ भई हाल दमक नगरपालिका वडा नं.८ बस्ने ३४ वर्षीय तिलमान चेम्जोङ र बुद्धशान्ति गाउँपालिका वडा नं.१ का २७ वर्षीय सन्देश नेम्वाङ रहेका छन् । झापा जिल्ला अदालतले सवारी ज्यान मुद्धामा चेम्जोङलाई १० दिन र नेम्बाङलाई ६ महिना कैद सजाय तोकेको थियो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्