झापा,चैत ५ । प्रदर्शनरत चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । युसुफ सेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले भारत वितरणका लागि अधिकार लिएको निर्देशक अर्जुन सुवेदीले बताए ।

चलचित्र भारतका करिब एक सय स्क्रिनमा प्रदर्शन हुने कार्यकारी निर्माता जितेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र छिट्टै भारतमा प्रदर्शन हुने मिति सार्वजनिक गरिने पनि जानकारी दिए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्