झापा,चैत ६ । नेपालमा दोस्रो सातामा चलिरहेको चलचित्र ‘उपहार’ ले विदेशमा प्रदर्शनको सुरुवात गरेको छ ।

चलचित्रको पहिलो सो अमेरिकाको कोलोराडोमा गरिएको छ । जहाँ दर्शकको राम्रो उपस्थिति रहेको अभिनेतृ एवं प्रस्तुतकर्ता रेखा थापाले जानकारी दिइन् । दर्शकको मागलाई हेरेर कोलोराडोमा १९ मार्चमा अर्को सो पनि राखिएको जनाइएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’ मा रेखासँगै पूजा शर्मा, बेनिशा हमाल, मुकुन भुसाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जनलगायतको अभिनय छ । सुलभ प्रतीक र समीक्षा देउजाले चलचित्र निर्माण गरेका हन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्