झापा,चैत ६ । सोलुखुम्बुको सोताङ गाउँपालिका–३ नागेन चौर घोपुस्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले किच्दा स्थानीय ४५ वर्षीय तुलाबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे इलाका प्रहरी कार्यालय सोताङले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्