झापा,चैत ६ । सङ्खुवासभाको चैनपुरमा बसले किचेर सह–चालकको मृत्यु भएको छ । चैनपुर नगरपालिका–६ जिरो पोईन्टस्थित चैनपुर नुनढाकी भित्री सडक खण्डमा बसले किचेर सह–चालक धनकुटा नगरपालिका–६ पात्ले खोलाका ३० वर्षीय मनोज खड्काको मृत्यु भएको हो ।

आज बिहान साढे ७ बजे नुनढाकीबाट इटहरीतर्फ जाँदै गर्दा को १ ख ३०७७ नम्बरको बसको ढोकाबाट झर्दा बसको पछाडिको टायरले किचेर सहचालक खड्का गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । बस चालक धनकुटाको साँगुरीगढी गाउँपालिका– १ का ३३ वर्षीय कुमार उपाध्यायलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्