झापा, चैत ७ । झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ७ जना पक्राउ परेका छन् ।

बाह्रदशीमा तीन र गौरादहमा चारजना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले हिजो साँझ ५ बजे बाह्रदशी गाउँपालिका–२ बिरिङ पुलबाट मे ७ प १०२७ नम्बरको मोटरसाइकलका चालक झापा गाउँपालिका–४ का २३ वर्षीय अलागिर हक , मोटरसाइकल पछाडी सवार २६ बर्षीय मोहम्मद हुसेन र २१ बर्षीय मन्जिर रुलहकलाई १७ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित नियन्त्रणमा लिएको थियो ।

यसैगरी इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो अपरान्ह साढे ४ बजे गौरादह नगरपालिका–१ का २८ बर्षीय बिशाल सुब्बा, २६ बर्षीय सुजन अधिकारी, ३५ बर्षीय राजकुमार ताजपुरिया र २८ बर्षीय कुमार तामाङको साथबाट ३ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

त्यसैगरी हिजो अपरान्ह साढे ४ बजे भोजपुर घर भई मोरङको सुन्दरहरैचा नगरपालिका–५ मा कोठा भाडामा बस्दै आएका ३६ बर्षीय बिक्रम मगर र सुनसरीको ईटहरी उप–महानगरपालिका–४ का ५२ बर्षीय पदम निरौलालाई १५ ग्राम ४३ मिलिग्राम ब्राउनसुगर र प्रदेश न. १–००२–०४४प ३८१ नम्बरको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ । ब्राउनसुगरसहित पक्राउ परेका सबै जनाको प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्