झापा, चैत ७ । विश्व मुख स्वास्थ्य दिवस २०२४ को अवसरमा नेपाल डेन्टल एशोसिएसन झापाको आयोजनामा दाँतसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर चमरधाप आधारभूत विद्यालयमा सम्पन्न भएको छ ।

ग्रामीण क्षेत्रका विपन्न वर्गका बालबालिकाहरु अध्ययन गर्ने बिर्तामोड १० स्थित चमरधाप आधारभूत विद्यालयमा आयोजित शिविरमा विद्यार्थी र तिनका अभिभावक गरी ६० जनाको निःशुल्क दाँत परीक्षण गरिएको थियो । त्यस्तै उनीहरुलाई टुथपेष्ट , ब्रस र हात धुने साबुन वितरण गरिएको नेपाल डेन्टल एशोसिएसन झापाका अध्यक्ष डा. मुकेशकुमार शाहले बताए । कार्यक्रममा विद्यार्थी र अभिभावकहरुलाई दाँत कसरी सफा राख्ने भनेर सचेतनासमेत दिइएको अध्यक्ष डा. शाहले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रिमानध्वज लोक्तामको अध्यक्षता तथा बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा डेन्टल एशोसिएसन झापाका महासचिव डा. अक्कल गुरुधामी ,कोषाध्यक्ष डा. प्रज्वल पौडेल, सदस्यहरु डा.नेहाल मैनाली ,डा. प्रियंका रौनियार ,फर्मास्युटिकलका प्रतिनिधिहरु एकराज सुवेदी , नितेश भट्टराई ,राजीव गुप्ता ,महेन्द्रज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जयकुमार झा , चमरधाप आधारभूत विद्यालयका प्रधानाध्यापक देवीप्रसाद पोखरेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्