झापा , चैत ७ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज दिउँसो ३.२० बजेको समयमा बुद्धशान्ति १ नमुना चौकस्थित भित्री सडकखण्डमा बुधबारेबाट भोटेटारतर्फ जाँदै गरेको प्र. ३–०२–००५ प ७१०९ न.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय धर्मेन्द्र सिजाली मगरको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेर घाईते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा दिउँसो ३.४० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो ।

त्यस्तै सोही मोटरसाइकलमा पछाडी सवार ईलाम रोङ १ बस्ने अन्दाजी ३४ वर्षीय कैलाश राई गंभीर घाइते भएका छन् । टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गम्भीर अबस्थाका राईको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्