झापा,चैत ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उप निर्वाचनमा उम्मेदवार छान्नका लागि प्राइमरी इलेक्सन गर्ने भएको छ । रास्वपाले विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका सार्वजनिक गरेको हो ।

जसअन्तर्गत चैत १४ गतेसम्म उम्मेद्वारका आकांक्षीले आवेदन दिन सक्नेछन् । प्रारम्भिक उम्मेदवारको नामावली चैत १४ गते प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १४ देखि १५ गतेसम्म प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय निर्धारण गरिएको छ ।

१५ गते साँझ ५ बजे सम्म उम्मेदवारसँग छलफल गरिने र त्यही दिन राति ८ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने रास्वपाले जनाएको छ । चैत १६ गते मतदानको कार्यतालिका रहेको रास्वपाले विज्ञप्तिमार्फत जनाएको छ । प्रारम्भिक निर्वाचनका लागि त्यस क्षेत्रका पार्टी सदस्यले मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, मतदान रास्वपाको मोबाइल एपमार्फत हुने रास्वपाका सह महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। अहिलेसम्म कुनै दलले उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्