झापा, चैत ८ । १२ ग्राम ८०० मिलिग्राम ब्राउनसुगरसहित उदयपुर कटारीका २५ वर्षीय खगेन्द्र तामाङ मेची पुलमा पक्राउ परेका छन् ।

आज साँझ ७ः३० बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका कटारी ५ बस्ने तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनले हातमा बोकेको बैजनी रंगको प्लाष्टिकभित्र जुत्तामा लुकाई छिपाई ल्याउँदै गरेको१२ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई इप्रका काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्