झापा,चैत ९ । गएराति प्रतिबन्धित लागूऔषधसहित एकजना कनकाईमा पक्राउ परेका छन् ।

राति ८ः४५ बजेको समयमा कनकाई ४ स्थित पूर्वपश्चिम राजमार्ग माईपुल छेउमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको मे १० प ३२७६ नम्बरको मोटरसाइकललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा दमक १ बस्ने २७ वर्षीय छङ राईको साथबाट विभिन्न लागूऔषध फेला परेको थियो ।

उनले पछाडी बोकेको कालो झोलाभित्र कालो प्लाष्टिकमा abbott 49 एम्पुल, Diazepam 49 एम्पुल, नाम नलुखेको लागूऔषध ४९ एम्पुल, lupigesic 2ml लेखेको स्टीकर ७० पिस,रेडमी मोबाइल थान एक र नगद रू ६हजार २०० फेला पारी उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्