झापा, चैत ११ । होली मनाएर नदीमा पौडी खेल्न गएका तीनजना बालबालिका आइतबार बेपत्ता भएका छन्।

सुनकोशी नदीमा पौडी खेल्न गएका उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका तीनजना बालबालिका बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीया रेखा मगर बेपत्ता भएका हुन्।

होली मनाएर साउनेको धाप्लाङघाटस्थित पौडी खेल्न गएका उनीहरू डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक थापाले बताए।
उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ बालबालिकालाई स्थानीयले सुनकोशीबाट उद्धार गरेको उनले बताए । बेपत्ता भएका बालबालिकाहरूको खोजी तीव्र पारिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्