झापा,चैत १३ । झापाको बुद्धशान्तिमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बेलुका विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका– १ का ३४ वर्षीय श्यामसुन्दर ठाकुर र ३२ वर्षीय अजय तिवारीलाई शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । लागुऔषध सहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्