झापा,चैत १३ । सुनसरीको इटहरी उपमहानगरपालिका–१० स्थित कोशी लोक मार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ३ बजे इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको मे १ ख २७३४ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको को २९ प ४७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक इटहरी– ५ का ३७ वर्षीय भोजकुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो । घटनामा संलग्न बस र चालक ५९ वर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्