बिर्तामोड , चैत १४ । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापा गठन भएको छ ।

बिर्तामोडमा भएको प्रथम जिल्ला अधिबेशनले अम्बिका पोख्रेलको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । अधिबेशनको उद्घाटन राप्रपा नेता तथा सांसद भक्ति सिटौलाले गरेका थिए । अधिवेशनबाट सह–अध्यक्ष देवीभक्त आचार्य, उपाध्यक्षमा देवराज परियार र नरेश कार्की, सचिवमा सार्कीधन राई, प्रवक्तामा जनक खड्का, सहसचिवमा दुर्गाबहादुर बि.क. र कोषाध्यक्षमा हेम लिङ्देन चयन भएका छन् ।

त्यस्तै खेम कर्कीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ । राप्रपासम्बद्ध पूर्व प्रहरीहरुको भेलाले संगठनलाई अझ विस्तार गर्दै अघि बढ्ने निर्णय गरेको प्रवक्ता जनक खड्काले बताए । कार्यक्रममा राप्रपाका जिल्ला तहका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्