भद्रपुर, चैत १९ । नेपाल–भारत सीमा भएर बग्ने मेची नदीमा मृत फेला परेका व्यक्ति भारतीय नागरिक भएको खुलेको छ ।

भद्रपुर नगरपालिका– ३ स्थित बैशावारीमा मृत भेटिएका व्यक्ति भारत रावागञ्ज घर भई भारत झाला बस्ती बस्ने अन्दाजी ४० वर्षीय सुनिल सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बैशावारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बाँसको पुलमुनि आइतबार दिउँसो करिब १ बजेको समयमा उनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।