झापा,चैत १९ । भारतबाट ल्याइएको ४५० केजी माछा नष्ट गरिएको छ ।

हिजो बिहान १० बजेको समयमा कन्काई नगरपालिका वडा नं.८ घाघरा पुलस्थित लोकमार्गको दक्षिण किनारमा सो माछा बेवारिसे अवस्थामा फेला परेको थियो ।

रहुँ, सिलन , पमप्लेट जातका माछा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी कार्यालय कम्पाउण्डभित्र स्थानीय जनप्रतिनिधि, क्वारेन्टाईनका कर्मचारीसमेतको रोहवरमा खाल्डोमा पुरेर नष्ट गरिएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्