राजगढ, चैत २० ।झापाको बाह्रदशी २ रिमाल चौकको एउटै टोलबाट एउटा मोटरसाइकल र ६ वटा मोबाइल चोरी भएको छ ।

गएराति ध्रुव निरौलाको घरबाट मे ९ प ८१४ न. को सुपर स्प्लेन्डर मोटरसाइकल र एउटा मोबाइल चोरी भएको हो । निरौलाको घरमा पाहुना आएका पुजन मिश्रको मोटरसाइकल र मोबाइल चोरी भएको हो ।

त्यस्तै निरौलाका छिमेकी गणेश पाण्डेको घरबाट दुईवटा र सविता बानियाको घरबाट तीनवटा मोबाइल चोरी भएको बाह्रदशी ३ का जनप्रतिनिधि लक्ष्मी निरौला अधिकारीले बताइन् । उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्