झापा, चैत २६ । बिर्तामोड ७ को न्युस्टार क्लब सातौं अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल पुलिस क्लब काठमाडौलाई २–० गोल अन्तरले पराजित गरी २–० न्युस्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । न्युस्टारका तर्फबाट खमिर गिल्सन कन्दङ्वा र विदेशी खेलाडीले १–१ गोल गरेका थिए । अब न्युस्टार क्लब बिर्तामोडले त्यहाँको आयोजक न्युस्टार क्लबसंग सेमिफाइनल खेल्नेछ ।अन्तर्राष्ट्रिय आमन्त्रण भरौल गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण यही चैत २३ गतेदेखि शुरु भएको हो ।

सात दिनसम्म संचालन हुने नकआउट प्रतियोगितामा आयोजक न्युस्टार क्लबसहित भारतका दुई टिम, विभागीय दुई टिमसहित ८ टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।

प्रत्येक खेलका म्यान अफ द म्याचले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने राइजिङ प्लेयर घोषित खेलाडीले समेत १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्