झापा,चैत २९ ।मेची भन्सार कार्यालय काँकडभिट्टाले मिलेमतोमा प्रज्ञापनपत्रमा कम मूल्यांकन गरी राजश्व ठगी गरेको खुलासा भएको छ ।

सोमवार राति मेची भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएका एचआर ६९ सी ४६५९ र जीटी ३४६५ नम्बरको दुई वटा भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाएको थियो । ती ट्रकहरुमा भएका सामानहरुको प्रज्ञापनपत्रमा कम मूल्यांकन गरिएको पाइएको हो । ट्रकमा भारतीय सेनाबाट अवकाश भएका १० जना नेपालीहरूले प्रयोग गरिएका पुराना सरसामान (जिटीकुन्टा) हरूको मूल्यांकन गरेर भन्सारले ६० हजार रुपैयाँ राजश्व लिएको थियो । तर, ती ट्रकहरुमा फ्रिज, टीभी, वासिङमेसिन, माइक्रोओभनलगायतका ईलेक्ट्रोनिक्स सामानहरु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनले ती ट्रकहरुमा लोड भएका मालवस्तुहरुलाई कानुनी रीत पुर्याई मूल्यांकन गर्दा ५२ लाखबराबरको विगो कायम भई राजश्व अनुसन्धान कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको जानकारी दिए ।

सोमवार राति ९.३० बजे मेची भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएका दुई वटा भारतीय ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो ।जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा धुलाबारी चोकबाट चालकसहित ती ट्रक नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्