झापा, चैत ३० । झापा बिर्तामोड ७ को न्युस्टार फुटबल क्लब ७ औं अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकपको उपविजेता बनेको छ ।

आज भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँले उपाधि जितेपछि न्युस्टार क्लब उपविजेतामा सीमित रहनु परेको हो । फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको थियो। खेलको पहिलो हाफमा दुबै टिमले अवसर पाएपनि गोलरहितमा टुङ्गिएको थियो। खेलको दोस्रो हाफको चौथो मिनेटमा प्लानिङ ब्वाइज युनाइटेडका खेलाडी सुवाङले गोल गरी टिमलाई अग्रता दिलाए।

त्यस्तै दोस्रो हाफको १६ आंै मिनेटमा न्युस्टार क्लबका खेलाडी सुशिल राईको पासमा यामीले हेडमार्फत गोल गरी टिमलाई बराबरीमा ल्याएका थिए। निकै रोमाञ्चक बनिरहेको खेलमा प्लानिङ ब्वाइज युनाइटेडका तर्फबाट २१ औँ मिनेटमा फागुराम थारुले गोल गरी टिमलाई फेरि अग्रता दिलाए ।एक गोलको अग्रता लिएको प्लानिङ ब्वाइज युनाइटेडका तर्फबाट दोस्रो हाफको ३१ आंै मिनेटमा सुवाङले थप गोल गरे।अन्तिम समयसम्म न्युस्टारबाट अन्य गोल हुन नसक्दा ३ का बिरुद्ध एक गोलको अन्तरले प्लानिङ ब्वाइज युनाइटेडले जित हासिल गरेको हो । यो संस्करणसहित प्लानिङ ब्वाइजले तीन पटक उपाधि जित्न सफल भएको हो। प्लानिङ ब्वाइज युनाइटेड पाँचौँ र छैटौँ संस्करणको विजेता टिम हो।

उपविजेता न्युस्टार क्लबले नगद २ लाख, ट्रफी र मेडल पायो भने विजेता प्लानिङ ब्वाइज युनाइटेडले नगद ४ लाख, ट्रफी र मेडल प्राप्त गर्यो। खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइज युनाइटेडका खेलाडी सुवाङ,उत्कृष्ट फरवार्ड प्लानिङ ब्वाइज युनाइटेडका खेलाडी प्रताप राई, उत्कृष्ट गोलकिप्पर प्लानिङ ब्वाइजका लोकेश चौधरी,उत्कृष्ट डिफेन्स आयोजकका रुपेश भुजेल,उत्कृष्ट मिडफिल्डर न्युस्टारका सुशिल राई ,उत्कृष्ट कोच प्लानिङ ब्वाइज युनाइटेडका सचिन्द्र धिमाल घोषित भए । उनीहरुले जनही नगद १० हजार,मेडल प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी न्युस्टारका अशोक खवास घोषित भए । उनले नगद २५हजार र मेडल प्राप्त गरे। फाइनल खेलमा दुबै टिमले ए डिभिजन र राष्ट्रिय खेलाडी उतारेका थिए । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्