बिर्तामोड, बैशाख २ । झापाको बिर्तामोडमा एक महिला मृत फेला परेकी छन् ।

गएराति अन्दाजी ९ बजेको समयमा मेचीनगर नगरपालिका १ घर भइ बिर्तामोड बजार क्षेत्रमा कबाडीका सामान बटुली बिर्तामोड १ अधुवा पुलस्थित राष्ट्रिय बाणिज्य बैंकको पुरानो भवनमा बस्दै आएकी देवराज राजवंशीकी श्रीमती अन्दाजी ३५ वर्षीया सुनिता मर्डी मृत अबस्थामा फेला परेकी हुन् ।

ती महिलाको शवलाई पोष्टमार्टमको लागि पठाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्