झापा , बैशाख २ । झापाको बिर्तामोडमा आज दिउँसो पार्किङ गरेको एउटा कारमा आफै आगलागी भएको छ ।

दिउँसो २.४५ बजे बिर्तामोडको वानस्टप मलअगाडि पार्किङ गरिराखेको प्रदेश १–०१–००१च ९०९९ न. को कारमा आफै आगलागी भएको हो । आगलागीबाट कारको अगाडिको भागमा क्षति पुगेको छ । बिर्तामोड नगरपालिकाको दमकल बोलाएर आगो निभाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्