द्रोण अधिकारी,
भद्रपुर । मानव—हात्ती द्वन्द्व न्यूनीकरणअन्तर्गत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ ।


डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्वन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरेको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हात्ती प्रभावित मेचीनगर, भद्रपुर, हल्दिवारी, कचनकवल र बाह्रदशी पालिकाभित्र रहेका वन समूहलाई आफ्नो क्षेत्रभित्रको निर्मित सोलार फेन्स हस्तान्तरण गरिएको थियो ।


सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार फेन्सको सुरक्षा गर्न समूह सकृय हुने भएपनि मर्मत तथा सञ्चालनको प्राविधिक जिम्मेवारी लिन समस्या हुने भन्दै सरोकारवालाहरूसंग समूहका प्रतिनिधिले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा संघीय सांसद लिङ्देनले वन समूहदेखि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा मानव—हात्ती द्वन्द्व न्यूनीकरण अभियान सफल बनाउने धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्