झापा, बैशाख १३ । गएराति झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । योसंगै हिजो एकैदिन झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

राति ८ बजेको समयमा भद्रपुर नगरपालिका वडा नं. ८ नमुना टोलस्थित चन्द्रगढी– भद्रपुर भित्री सडकखण्डमा भद्रपुरबाट चन्द्रगढीतर्फ आउँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पैदलयात्री नाम थर वतन नखुलेको मागिखाइ हिड्ने वर्ष अन्दाजी ८० की पहाडे मुलको जस्तो देखिने बृद्धा महिलालाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर गंभीर घाईते भई ती बृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारका क्रममा राति ९ बजे ती बृद्धाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर नगरपालिका ८ बस्ने ४९ वर्षीय विशन मोतेलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्