झापा,बैशाख १५ । इलाम निर्वाचन क्षेत्र –२ मा ४२ प्रतिशत मत खसेको छ । दिउँसो डेढ बजेसम्म ४९ हजार मत खसेको हो ।

खसेको मत संख्याको आधारमा यो ४२ प्रतिशत हुन आउँछ । निर्वाचन क्षेत्र नं. २ मा १ लाख १५ हजार ८ सय ८७ मतदाता संख्या रहेको छ । एकसय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।

बिहान सुस्त गतिमा खसेको मत दिउँसो चाप बढेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ६ पालिकाका ४२ वडामा मतदान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्