झापा, बैशाख १५ । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज भएको मतदानमा ६० प्रतिशत  मत खसेको छ ।

बिहान ७ देखि बेलुकी ५ बजेसम्म भएको मतदानमा ६९ हजार २८७ मत खसेको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । इलाम–२ मा १ लाख १५ हजार ८८९ कुल मतदाता थिए ।

सबै केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । इलाम–२ मा १२ राजनीतिक दलका र ७ स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्