झापा,बैशाख १५ । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मतदानपश्चात् मतपेटिका संकलन गर्न थालिएको छ।


मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा संकलन गरिएको हो। यसअघि बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६६ हजार मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार करिब ५७ प्रतिशत मत खसेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।

कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।
मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

मतपेटिका संकलन भइसकेपछि सर्वदलीय सहमतिका आधारमा मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए। उनका अनुसार सबै मतपेटिका संकलन गर्न मध्यरातसम्म लाग्नसक्छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्