झापा,बैशाख १७ । बझाङमा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गरे । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरे । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्