झापा,बैशाख १७ । चलचित्र ‘बलिदान’ ले अडिसनमार्फत कलाकार छनोट गर्ने भएको छ । सो प्रयोजनका लागि आसुसेन फिल्मले अडिसन आह्वान गरेको छ ।

निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार इच्छुक र योग्य व्यक्तिले खुला प्रतिस्पर्धाबाट चलचित्रमा बाजी मार्न सक्ने छन् । चलचित्रमा मधेशी संस्कृति र सौन्दर्य झल्किने महिला कलाकार आवश्यकता रहेको बताइन्छ । ‘बलिदान’ को प्रमुख भूमिकामा समीर भट्ट देखिँदै छन् । चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेतृ ऋचा शर्माले अभिनय गर्ने पक्कापक्की भइसकेको छ । ‘बलिदान’ छायाङ्कनका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्