बिर्तामोड, बैशाख २० । बिर्तामोडमा लगातार हात्तीपाइलेका रोगी भेटिन थालेका छन् । मंगलवार तीनजना हात्तीपाइले रोगी भेटिएको भोलिपल्ट हिजो थप एकजना हात्तीपाइलेका रोगी फेला परेका छन् ।

हिजो बिर्तामोड वडा नं ६ मा थप एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए । त्यसको अघिल्लो दिन मंगलवार बिर्तामोडमा हात्तीपाइलेका तीनजना नयाँ रोगी भेटिएका थिए ।
बिर्तामोड नगरपालिकामा वडा नं ५ मा मंगलवार दुई पुरुष र एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको थियो । यसअघि गत वर्ष बिर्तामोडको वडा नं १ मा एकजनामा हात्तीपाइलेको लक्षण देखिएको थियो । योसंगै बिर्तामोडमा हात्तीपाइले रोगीको संख्या पाँच पुगेको छ ।
बिर्तामोडमा हात्तीपाइले र कुष्ठ रोगीको संख्या धेरै रहेको छ । त्यसकारण हात्तीपाइले रोग विरुद्धको अभियानमार्फत सबै नगरवासीहरुलाई अनिवार्य औषधि सेवन गर्न बिर्तामोड नगरपालिकाले आव्हान गरेको छ ।