झापा,बैशाख २७ । मोरङमा माटोको ढिस्कोले पुरिएर एक जना बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ का रामप्रकाश चौधरीको ११ वर्षीय छोरा प्रकाश चौधरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

साँझ ५ बजे घर नजिकै रहेको बुढी खोलामा साथीहरूसँग खेल्न गएका अबेर सम्म घर फर्केर नआएपछि खोजतलास गर्दै जाने क्रममा राती ९ बजे खोला छेउमा माटोको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको थियो । उनलाई तत्काल उपचारको लागी विराट मेडिकल कलेज पुर्‍याउनासाथ डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्