झापा,बैशाख २८ । मोरङको रङ्गेलीबाट नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । रङ्गेली नगरपालिका–९ स्थित दोहमनामा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका ५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो । नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्