झापा, जेठ २ ।मोरङको बूढीगंगा–३ बाट मूर्ति चोरी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलवार राति सवा ८ बजे इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोकस्थित दुर्गा मन्दिरभित्र स्थानीय २२ बर्षीय आशिष राजवंशीलाई मार्बलले बनेको भगवान गणेश र हनुमानको मूर्ति चोरी गर्दै गरेको अवस्थामा फेला पारेको थियो । मूर्तिसहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्