झापा, जेठ ३ । पाथीभरा केबलकार परियोजनाविरुद्ध आह्वान गरिएको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायात सेवा प्रभावित भएको छ।

फाट्टफुट्ट चलेका सवारीसाधनलाई प्रहरीले स्कर्टिङ गरिरहेको छ। आज झापाको बर्नेमा टायर बालेर आन्दोलनकारीले सडक अवरुद्ध पार्ने कोशिस गरेका थिए।

हिजो र आज मेची राजमार्ग, तमोर करिडोर तथा ताप्लेजुङमा यातायात बन्द आह्वान गरिएको हो। पाथीभरा केबलकार परियोजनाविरुद्ध संघर्षरत रहेको समूहले यातायात बन्द आह्वान गरेको हो।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा (मुक्कुमलुङ) दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेपछि उक्त परियोजनाविरुद्ध स्थानीयबासीले समूह नै बनाएका छन्।
बन्दका कारण ताप्लेजुङभित्र सञ्चालन हुने यातायात सेवा पनि प्रभावित भएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्